काठमाडौं, ८ असोज । न्यादी हाइड्रोपावर लिमिटेडले २२ लाख ५० हजार कित्ता आईपीओ निस्कासन गर्ने भएको छ । कम्पनीले असोज १५ गतेदेखि सर्वसाधारणको लागि उक्त आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले कुल कित्तामध्ये ५ प्रतिशत सामुहिक लगानीकोष र २ प्रतिशत कर्मचारीहरुको लागि सुरक्षित गरी बाँकी रहेको २० लाख कित्ता ९२ हजार ५ सय कित्ता निष्कासन गर्न लागेको जनाएको छ ।
आईपीओ खरिद गर्न छिटोमा असोज १९ गतेसम्म र ढिलोमा असोज ३१ गतेसम्म मिति तोकिएको छ । आईपीओ बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।