Logo

म्यानमारमा मानवीय सहायताको खाँचो छ : संयुक्त राष्ट्रसंघ



१२ असोज : संयुक्त राष्ट्रसंघले म्यानमारमा पनि अहिले मानवीय सहायताको खाँचो देखिएको जनाएको छ । त्यहाँका कम्तीमा पनि ३० लाख मानिसमा यस्तो खाँचो देखिएको संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी एजेन्सीले जनाएको छ ।

उक्त एजेन्सीकाअनुसार म्यानमारका ३० लाख नागरिकले मानवीय सहायताको खाँचो भएर त्यसका लागि संयुक्त राष्ट्रसंघलाई अनुरोध समेत गरेका बताइएको छ । यहाँ यसै वर्षको फेब्रुअरी ३ मा सेनाले सत्ता हत्याएको थियो । आङ सान सुकीको दलको प्रजातान्त्रिक दलको सरकारलाई सेनाले हत्याएर सैनिक शासन सुरु गरेको थियो । त्यसका विरोधमा नागरिक सडकमा ओर्लिएका थिए ।

त्यसपछि त्यहाँ लामो समयसम्म सेनाका विरुद्धमा आन्दोलन भएको थियो भने सेनाले आन्दोलन दबाउनका लागि हानेको गोली लागेर सयौँ नागरिक मारिएका थिए । संयुक्त राष्ट्रसंघले त्यहाँ मुख्य शहरी क्षेत्रमा बस्ने मानिसलाई नै खाना र बास समेतको मानवीय सहायताको खाँचो परेको जनाएको छ ।

मुख्यगरी त्यहाँको यांगुन शहर र अर्काे बजार क्षेत्र मण्डालेमा यस्तो समस्या देखिएको छ । ती क्षेत्रमा बस्ने बालबालिकामा पनि पौष्टिक खानाको अभावमा कुपोषणको समस्या समेत देखा पर्न लागेको पनि बताइएको छ ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्