काठमाडौं, १४ असोज । ग्रीन डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा भरत कुमार शाक्य नियुक्त भएका छन् ।
बैंकको असोज १३ गते बसेको सञ्चालक समितिको १६८औ बैठकबाट बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०६३ अनुसार बैंकको रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा नागार्जुन नगरपालिकाका शाक्य नियुक्त भएका हुन् ।