काठमाडौँ, १४ असोज। प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि सारा बिसोलो न्यान्तीबीच भेटवार्ता भएको छ। उनीहरुबीच बिहीबार जंगीअड्डामा शिष्टाचार भेटवार्ता भएको हो ।
भेटका क्रममा संयुक्त राष्ट्रसंघमा नेपाली सेनाको सहभागितालगायत द्विपक्षीय महत्त्वका विषयमा छलफल भएको जनाइएको छ ।