काठमाडौं, १४ असोज । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा ललितपुर प्याट्रीयट्सले भैरहवा ग्लाडीयटर्सलाई जितका लागि १ सय ७८ रनको लक्ष्य दिएको छ । भैरहवाले अहिले ललितपुरले दिएको लक्ष्य पछ्याउने क्रममा ४ ओभरको समाप्तिमा २ विकेट गुमाउँदै २८ रन जोडेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो । ललितपुरका लागि सन्दुन विराकोड्डीले सर्वाधिक ५८ रनको अर्धशतकीय पारी खेलेका थिए साथै अज्मतुल्लाह ओमारजाईले ४२ रन जोडे ।
सन्दीप जोराले ३८ रन जोड्दा ओशाडा फर्नान्डोले २० रन बनाए ।त्यस्तै योगेन्द्र सिंह कार्कीले ७ रन जोड्दा कप्तान कुशल भुर्तेल २ रनमा पबिलियन फर्किए । यस्तै पवन सर्राफले १ रनमा आउट भए ।
भैरहवाका लागि अविनास बोहराले २ विकेट लिए । आरिफ शेख, धम्मिका प्रसाद, कृष्ण कार्की र समान १÷१ विकेट लिए ।