काठमाडौं, १५ असोज । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा ललितपुर प्याट्रीयट्सले विराटनगर वारियर्सलाई २ सय २७ रनको विशाल लक्ष्य दिएको छ ।
विराटनगरले अहिले २ ओभरको समाप्तिमा बिना कुनै नोक्सानि ३४ रन बनाएर खेल्दै छ ।टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २६ रन बनाएको थियो ।
ललितपुरले विशाल बनाउन ओपनर विराकोड्डीले ३ छक्का र १० वटा चौका प्रहार गर्दै सर्वाधिक ७३ रन बनाएका थिए ।
साथै ओमारजाईले ७ छक्काको सहयोगमा नटआउट रहदै ५८ रन जोडे ।
त्यस्तै कप्तान कुशल भुर्तेलले ३२ रन जोडे भने योगेन्द्र सिंह कार्कीले ३ छक्का र १ चौकाको सहयोगमा २७ रन जोडे । नारायण जोशीले चार बलमा १८ रन बनाए ।
साथै जयकिशन कोल्सावालाले १३ रन बनाए भने पवन सर्राफले दुई रन मात्र जोड्न सके । विराटनगरको तर्फबाट कप्तान करण केसीले सर्वाधिक २ विकेट लिए भने प्रतिश जिसी, सिकन्दर राजा र दिलशान मुनाविराले एक-एक विकेट लिए ।