Logo

ईपीएलमा ललितपुरको पहिलो जित



काठमाडौं, १५ असोज । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा ललितपुर प्याट्रीयट्सले पहिलो जित निकालेको छ ।

टियू क्रिकेट मैदानमा आज (शुक्रबार)को पहिलो खेला विराटनगर वारियर्सलाई ३७ रनले पराजित गर्दै ललितपुरले पहिलो जित हात पारेको हो ।

ललितपुरले दिएको २ सय २७ रनको विशाल लक्ष्य पछ्याउने क्रममा विराटनगरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८९ रन मात्र बनाउन सक्यो ।

विराटनगरका लागि दिल्शन मुनाविराले सर्वाधिक ५९ रन बनाए भने आसिफ शेखले ३७ रन जाडे ।साथै, चन्द्रपौल हेमराजले २८, सिकन्दर राजा २४, अनिल साह ८, कप्तान करण केसी ४, सुमित महर्जन २ रन जाडे । साथै, सौरभ खनाल खाता नखोली पबिलिय फर्किए ।

यस्तै, बसन्त रेग्मी ९ र प्रतिष जिसीले ४ रनमा अविजित रहे ।ललितपुरका अज्मतुल्लाह ओमारजाईले ४ विकेट लिए भने ललित राजवंशीले २ तथा योगेन्द्र सिंह कार्कीले १ विकेट लिए ।

ललितपुरले विशाल लक्ष्य बनाउन ओपनर विराकोड्डीले ३ छक्का र १० वटा चौका प्रहार गर्दै सर्वाधिक ७३ रन बनाएका थिए ।
साथै ओमारजाईले ७ छक्काको सहयोगमा नटआउट रहदै ५८ रन जोडे ।

त्यस्तै कप्तान कुशल भुर्तेलले ३२ रन जोडे भने योगेन्द्र सिंह कार्कीले ३ छक्का र १ चौकाको सहयोगमा २७ रन जोडे । नारायण जोशीले चार बलमा १८ रन बनाए ।

जयकिशन कोल्सावालाले १३ रन बनाए भने पवन सर्राफले दुई रन मात्र जोड्न सके ।विराटनगरको तर्फबाट कप्तान करण केसीले सर्वाधिक २ विकेट लिए भने प्रतिश जिसी, सिकन्दर राजा र दिलशान मुनाविराले एक–एक विकेट लिए ।

यस जितसँगै ललितपुरले ४ खेलमा ३ अंक जोड्दै ललितपुर चौंथो स्थानमा उक्लिएको छ । विराटनगर लगातार तेस्रो हार ब्यहोर्दै तालिकाको पुछारमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्