Logo

पोखराले चितवनलाई दियो १ सय २४ रनको लक्ष्य



काठमाडौं, १५ असोज । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा पोखरा राईनोजले चितवन टाइगरर्सलाई १ सय २४ रनको सामान्य लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा भइरहेको खेलमा पोखराले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । पोखरालेले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २३ रन बनाएको थियो ।

पोखराका लागी बिबेक कुमार यादव अविजित रहि सर्वाधिक ५३ रन जोडे ।पोखराका ओपनर रिट गौतम ५ बलमा २ रन मात्र जोड्न सके । त्यसैगरि भिरन्दीप सिहंको उत्कृष्ट क्याचमा बिनोद भण्डारी १० बलमा ५ रन जोड्दै पबिलियन फर्किए । असेला गुणारत्नले २६ रन जोडे ।

अर्का ओपनर रिचार्ड लेबिले १ चौका र २ छक्काको मद्दतमा २० रन जोडे । लेबि पनि क्याच आउट हुन पुगेका थिए । यस्तै लोकेश बहादुर बलले ८ रन जोडे ।

साथै, सुनिल धमला र बिक्रम सोवले खाता खोल्न सकेनन् भने विलियम्सले अविजित २ रन जोडे । चितवनको तर्फबाट कमल ऐरी र साहबव आलमले समान २÷२ विकेट लिए । साथै कप्तान सोमपाल कामिले एक विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्