Logo

अमेरिकाले ढिलो अथवा चाँडो तालिवान सरकारलाई मान्यता दिनैपर्छ : पाकिस्तानका प्रधानमन्त्री खान



एजेन्सी, १७ असोज। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ढिलो अथवा चाँडो अमेरिकाले तालिवान सरकारलाई मान्यता दिन बाध्य हुने दाबी गरेका छन्। उनले टर्किस टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा उनले यस्तो बताएका हुन् ।

टर्कीको टेलिभिजन च्यानल टीआरटी वर्ल्डलाई दिएको अन्तर्वार्तामा उनले अफगानिस्तानमा शासन गरिरहेको तालिवान सरकारलाई मान्यता दिने प्रश्नमा उक्त जवाफ दिएका हुन्। उनको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम अल्जजीराले लेखेको छ, ‘अगस्ट १५ मा तालिवानले अफगानिस्तान कब्जा गरेपछि अमेरिका स्तब्ध भएको छ भने अन्योलमा समेत परेको छ।’ बाइडेन नेतृत्वका सरकार अफगानिस्तानबाट पर सरेको कारण उक्त सरकार असफल भएको समेत उनको दावी छ । पश्चिमी नीती दक्षीण एसिया कम भइरहेको समेत उनले स्पष्ट पारे ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्