काठमाडौं, १८ असोज । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानचेस्टर सिटी बीचको रोमान्चक खेल बराबरीमा रोकिएको छ । आइतबार राति भएको रोमान्चक खेल २–२ गोलको बराबरीमा रोकिदै दुबै टोली अंक बाड्न बाध्य भएका हुन् । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
तर, खेलको ५९औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाए । त्यसको १० मिनेटपछि खेलको फिल फोडेनले गोल गर्दा खेल १–१ को बराबरी अवस्थामा पुगेको थियो । साथै, खेलको ७६औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दा लिभरपुलले फेरि पनि एक गोलको अग्रता लिएको थियो । तर, खेलको ८१औं मिनेटमा केभिन डी ब्रुएनाले गोल गर्दै सिटीलाई २–२ गोलको बराबरीमा स्थितिमा पुर्याएका थिए ।
यस खेलसँगै लिभरपुल ७ खेलमा १५ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ भने सिटी १४ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ ।-Photo: Agency