काठमाडौं, १९ असोज । अभियान लघुवित्तले दोस्रो वार्षिक साधारण सभा कात्तिक १३ गते बोलाएको छ । कम्पनीको असोज १६ गते बसेको संचालक समितिको बैंठकले सभाको मिति तय गरेको हो । सभा पनौति काभ्रेपलाञ्चोकमा बिहान ११ बजे भर्चुअल माध्यमबाट गर्न हुने जनाइएको छ ।
सभामा संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने भएको छ ।
बाह्य लेखापरीक्षकबाट तयार पारिएको आर्थिक वर्ष २०७७/७८ को लेखापरिक्षण प्रतिवेदन सहित २०७८ को असार मसान्तसम्मको वासलात, सोही अवधिको नाफा नोक्सान तथा नगद प्रवाह विवरण उपर छलफल गरि पारित गर्ने एजेण्डा छ ।