Logo

सिंचाई विकास डिभिजन कार्यालय काठमाडौंका सव–इन्जिनियर के.सी घुससहित पक्राउ



काठमाडौं, १९ असोज । जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय बसुन्धरा, काठमाडौंमा कार्यरत सव–इन्जिनियर दिपेन्द्र कुमार के.सी.लाई २ लाख घुससहित अख्तियारले नियन्त्रणमा लिएको छ ।

सव–इन्जिनियर के.सी.ले कलभर्ट निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न गरी अन्तिम बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग २ लाख घुस माग गरेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त घुस रकमसहित कार्यालय परिसरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्