काठमाडौं, २० असोज । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गरेका छन् । आज (बुधबार) अपरान्ह सिंहदरबारस्थित् परराष्ट्र मन्त्रालयमा पुगेर राजदूत क्वात्राले मन्त्री खड्कासँग भेटवार्ता गरेका हुन् ।
Hon. Minister for Foreign Affairs Dr. Narayan Khadka received in his office Ambassador of India @AmbVMKwatra.
Had fruitful discussion on all important aspects of #Nepal–#India bilateral relations, including the supply of COVISHIELD vaccines by next week.@PaudyalBR @sewa_lamsal pic.twitter.com/Zems2Pof1j— MOFA of Nepal ?? (@MofaNepal) October 6, 2021
मन्त्रालयले जनाएअनुसार उक्त भेटवार्तामा नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सबै महत्वपूर्ण आयामबारे छलफल भएको थियो । त्यस्तै, अर्को सातादेखि भारतबाट नेपालमा आपूर्ति हुने कोभिसिल्ड खोपको विषयमा पनि कुराकानी भएको हो । भारतबाट अर्को साता १० लाख डोज कोभिसिल्ड खोप आउने निश्चित् भएको छ ।