Logo

बैंक अफ काठमाण्डूले गर्यो आइएमएससँग सम्झौता, किस्ताबन्दी योजनामा ग्राहकले शून्य प्रतिशत ब्याजदरकोे सुविधा पाउने



काठमाडौं, २१ असोज । बैंक अफ काठमाण्डूले सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता आइएमएससँग सम्झौता गरेको छ । बैंकले आइएमएससँग सम्झौता गरी दशैं, तिहार, नेपाल संवत् तथा छठ पर्व अवसरमा शून्य प्रतिशत ब्याजदरमा सामसुङ कम्पनीका स्मार्ट फोन, स्मार्ट वाच तथा ट्याबलेटस् सरल किस्ताबन्दीमा खरिद गर्न सक्ने योजना ल्याएको हो ।

सम्झौतापछि पर्वको वहार, बीओकेको उपहार नारासहित ल्याइएको योजनामा बैंकका क्रेडिट कार्डवाहकले सामसुङ ब्रान्डका स्मार्ट फोन, स्मार्ट वाच र ट्याबलेटस् बैंकको क्रेडिट कार्ड प्रयोग गरी किस्ताबन्दी योजनामा खरिद गर्न सक्नेछन् ।

योजनाका लागि ग्राहकले बैंकको क्रेडिट कार्ड लिन अनलाइनबाट पनि आवेदन दिन सक्ने बताइएको छ । सरल किस्ताबन्दी योजनामा ग्राहकले शून्य प्रतिशत ब्याजदरकोे सुविधा, बीओके क्रेडिट कार्ड जारी गर्दा कुनै शुल्क नलाग्ने, कुनै अतिरिक्त सेवाशुल्क नलाग्ने लगायत सुविधा पाउने सक्ने बैंकले बताएको छ ।

हाल आईएमएस नेपाल प्रालिका काठमाडौंमा ६ स्थानसहित पोखरा, बुटवल तथा धनगढीमा गरी नेपालभर ९ वटा आधिकारिक सोरुम छन् ।त्यसैगरी, बैंकले हाल ९० शाखा, ८१ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ

 

 

 

 



प्रतिक्रिया दिनुहोस्