काठमाडौं, २२ असोज । नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले अहिले को मन्त्री बन्यो ? को मन्त्री भएन ? यो मुख्य विषय नभएको भन्दै मुख्य विषय प्रणाली जोगिएको टिप्पणी गरेका छन् । पछिल्लो समय शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बन्ने चर्चामा रहेका चौधरीले मन्त्रीमा आफ्नो नाम सिफारिश नभएपछि सामाजिक सञ्जालमा यस्तो धारणा राखेका छन् ।
उनले अहिले संवैधानिक सर्वोच्चता कायम भएको र कानूनी राज्यको स्थापना भएको पनि उल्लेख गरेका छन् । उनले दीर्घकालिन चेत राखेर राजनीतिक खुल्ला चौरमा प्रवेश गरेको राजनीतिक खेलाडीको लाग मन्त्री पद गौण विषय बन्न जाने पनि उल्लेख गरेका छन् । उनले आफ्नो पार्टीबाट मन्त्रीमा सिफारिश भएका सहकर्मीहरुलाई सफल कार्यकालको शुभकामना समेत दिएका छन् ।
उनले फेशबुकमा लेखेका छन्-
काे मन्त्री बन्नु भयाे ? काे मन्त्री हुनु भएन ! मुख्य बिषय हाेइन । मुख्य बिषय प्रणालि जाेगिएकाे छ । संबैधानिक सर्बोच्च कायम भएकाे छ र कानुनि राज्यकाे स्थापना भएकाे छ । जहाँसम्म मन्त्री बन्ने संभावनाकाे कुराे – प्रतिनिधि सभाकाे सदस्यले त्याे चासाे राख्छ र राख्नु पनि पर्दछ तर दिर्घकालिन चेत राखेर राजनितिकाे खुल्ला चाैरमा प्रबेश गरेकाे राजनैतिक खेलाडिकाे लागि मन्त्री पद गाैर बिषय बन्न जान्छ । फेरि मन्त्री हुने कुराे – सबै प्रकारका कम्बिनेसनहरू मिल्नु पर्दछ । कहिलेकाहि त्याे कम्बिनेसन नमिल्न नि सक्छ । अाजकाे परिस्थिति यहि नै हाे ।
हामी कठिन माेडमा छाै । याे घडिमा सबैमा धैर्यधारणकाे जरूरि छ । यसैले निर्णय गर्नु हुने नेतृत्वलाई अनावश्यक दवाब दिनु जरूरि छैन । पार्टिलाई अझ सशक्त र समृद्ध बनाँउनु जरूरि छ । पार्टि साइजमा नअाँउदै कुनै पनि प्रकारका गुनासा र माेलमाेलाइकाे लागि स्पेश दिनु जरूरि देख्दैन । नेपालकाे लाेकतन्त्रलाई सस्थागत गर्ने कुरामा याेग्दानकाे लागि पहल गराै । याे बिचमा म प्रति धेरै साथिहरूले साहनुभुति राख्नु भएकाे महसुस मैले गरेकाे छु । सबै माहनुभाबहरूप्रति हार्दिक नमन गर्न चाहन्छु र अागमि दिनमा पनि उच्च प्रकारकाे समन्वयकाे अपेक्षा पनि लिएकाे छु । अन्तमा- मन्त्रीकाे सिफारिसमा पर्नु भएका सबै माननीय ज्युहरूकाे सफल कार्यकालकाे लागि शुभकामना ब्यक्त गर्दछु ।