Logo

मोतीपुर औद्योगिक क्षेत्रमा सैयौँको संख्यामा सुरक्षाकर्मी परिचालन



काठमाडौँ, २५ असोज। बुटवलको मोतीपुर औद्योगिक क्षेत्रको सुरक्षा र सम्भावित झडप रोक्न ३ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षामा जनपथ र ससस्त्र प्रहरी परिचालन गरिएको हो । बुटवल र तिलोत्तमा क्षेत्रबाट औद्योगिक क्षेत्र पस्ने चोकमा बाक्लो संख्यामा प्रहरी परिचालन भएका छन् ।

आइतबारदेखि कर्फ्यु जारी गरेपछि तनावग्रस्त औद्योगिक क्षेत्र परिसर शान्त बन्दै गएको छ । बुटवल उपमहानगरपालिकाको १७ र १८ नम्बर वडामा रुपन्देही प्रशासनले आइतबार दिउँसो ४ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ । जग्गा कब्जा गर्न आउने व्यक्ति लुक्ने आशंकामा धेरै स्थानीय ढोका लगाएर बसेका छन् ।

मोतीपुर औद्योगिक क्षेत्र कब्जा गर्न बसेको समूह र सुरक्षाकर्मीबीच आइतबार दिउँसो झडप भएको थियो । झडपमा परी ४ जना जग्गा अतिक्रमणका लागि आएका व्यक्तिको मृत्यु भएको छ । ५१ सुरक्षाकर्मीका ५१ सहित ७३ जना घाइते छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्