काठमाडौं, ४ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य कार्यालय काठमाडौंको प्रमुखमा शम्भु काफ्लेलाई नियुक्त गरेको छ ।
पुर्व प्रमुख बद्री बहादुर खड्का बागमती स्वास्थ्य मन्त्रालयको सचिवमा नियुक्त भएपछि १५ दिनदेखि रिक्त पदमा काफ्ले बुधबार नियुक्त भएका हुन् ।
नियुक्त हुनु अघि काफ्ले बाग्मती स्वास्थ्य निर्देशानलय हेटौडामा कार्यरत थिए ।