Logo

मेगा क्यापिटलको साधारण सभा कात्तिक २६ गते



काठमाडौं, ७ कात्तिक । मेगा क्यापिटल मार्केट्स लिमिटेडले चौथो वार्षिक साधारण सभा कात्तिक २६ गते गर्ने भएको छ । कम्पनीको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले निर्णय अनुसार सभा सांकेत कम्प्लेक्स त्रिपुरेश्वरमा दिउँसो ३ बजे हुने भएको हो ।

कम्पनीको सभाले सञ्चालक समिति प्रस्ताव गरे बमोजिम शेयरधनीहरुलाई चुक्ता पूँजीको १६ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र क्यापिटललको नाफा, नोक्सान, हिसाव वासलात तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्ने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्