Logo

बहुमत न्यायाधीशले प्रधानन्यायाधीश जबरालाई भेटेरै राजीनामा माग्ने



काठमाडौं, ८ कात्तिक । सर्वोच्च अदालतमा बहुमत न्यायाधीशहरुले विद्रोह गरी प्रधानन्यायाधीशलाई चोलेन्द्र शमशेर जबरालाई राजीनामाका लागि दबाब बढाएका छन् । आज प्रधानन्यायाधीशले डाकेको फूलकोर्ट बैठक समेत बहिष्कार गरेर छुट्टै बैठक गरेका १३ न्यायाधीशले मार्ग प्रशस्त गर्न प्रधानन्यायाधीशलाई आग्रह गर्ने निर्णय गरेका छन् ।

भोलि प्रधानन्यायाधीश जबरालाई १३ न्यायाधीशले संयुक्त रुपमा भेट्ने तय भएको बुझिएको छ । उनीहरुले जबराको राजीनामा सम्म माग्ने बुझिएको छ ।

प्रधानन्यायाधीश जबरा भने कुनै हालतमा ब्याक नहुने अडानमा बसेका छन् । यसअघि विद्रोह गर्ने न्यायाधीशको संख्या १४ भएकोमा आज एकजना घटेका छन् । जबराले भने कतिपय न्यायाधीशहरुसँग विभिन्न सूत्रमार्फत् भेटेर मनाउन खोजिरहेका छन् ।

सर्वोच्चमा प्रधानन्यायाधीश जबरा र १९ न्यायाधीश छन् । अहिले जबराको विपक्षमा १३ जना खुलेका छन् । बाँकी ६ जना जबराको पक्षमा या तटस्थ जस्तै भूमिकामा छन् । बहुमत विपक्षमा रहन नदिन जबरा सक्रिय भएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्