काठमाडौं, ९ कात्तिक । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा दुई टिम थपिएका छन् । भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले आगामी सिजनबाट १० टिमले प्रतिस्पर्धा गर्ने जनाएको हो ।
बीसीसीआईका अनुसार आईपीएलको नयाँ टिममा लखनऊ र अहमदमबाद थपिएका छन् ।
लखनऊलाई सन्जिब गोयन्का ग्रुपले ७०९० करोडमा खरिद गरेको छ । साथै, सिभिसी क्यापिटल्स पार्टनरले ५६२५ करोडमा अहमदाबाद खरिद गरेको हो । यस अघिका सिजनहरुमा आईपीएलमा ८ टिमले मात्र प्रतिस्पर्धा गर्दै आइरहेका थिए ।-Photo: Agency