Logo

प्रेमीसँग विवाह बन्धनमा बाँधिइन् जापानी राजकुमारी



एजेन्सी, ९ कात्तिक। जापानी राजकुमारी माकोले प्रेमी केइ कोमुरोसँग विवाह गरेकी छिन्। एउटै कलेजमा पढेका उनीहरु प्रेम सम्बन्धमा रहेकी थिइन्। पछि उनले प्रेमीसँग विवाह गर्ने निर्णय गरेकी थिईन् ।

जापानी कानुन अनुसार शाही परिवारको महिला सदस्यले सर्वसाधरणसँग विवाह गरेमा शाही पदवी गुम्छ। माकोले शाही परिवार बाहिर गएर कोमुरोसँग विवहा गरेपछि उनको शाही पदवी पनि गुमेको हो । कोमुरोसँग विवाह गर्ने माकोको निर्णयसँगै जापानमा उक्त कानुनको बारेमा धेरै आलोचना भएको थियो।

सामान्य रुपमा विवाह गरेकी माकोले मंगलवार बिहान राजदरबार छाडेकी हुन्। उनले राजपरिवारबाट बिदा हुँदा पाउने रकम समेत लिन अस्वीकार गरेकी छिन्।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्