काठमाडौं, ९ कात्तिक । मुक्तिनाथ क्यापिटल लिमिटेडले विशेष साधारण सभा कात्तिक २३ गते बोलाएको छ । सभा मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुने भएको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर १ (१ः१) को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव सभामा पेश गर्ने जनाएको छ ।