काठमाडौं, ९ कार्तिक । नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष शेरबहादुर केसीले अहिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्न नहुने सुझाव दिएका छन् । बारको पदाधिकारी र पूर्व पदाधिकारीको आज बसेको बैठकमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।
बोल्ने अधिकांशले प्रधानन्यायाधीश जबराको राजीनामा मागेको भएपनि केसीले भने अहिले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दैमा समस्या समाधान नहुने जिकिर गरेको बारका केन्द्रीय सदस्य खिमानन्द अधिकारीले जानकारी दिए । उनले बारले अहिले कुनै निर्णय नलिईसकेको पनि जानकारी दिए ।
बार अहिले आन्तरिक छलफलमा रहेको उनको भनाई छ । आजमात्रै प्रधानन्यायाधीश जबरा र बाँकी न्यायाधीशहरुबीच भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराको राजीनामा मागेका थिए । तर, प्रधानन्यायाधीश जबराले आफूले कुनै पनि हालतमा राजीनामा नदिने अडान लिएका थिए । बर, सके महाभियोग लगाएर हटाउन चूनौति दिएका छन्।