काठमाडौं, ९ कात्तिक । नेपाल धितोपत्र बोर्डले सुचीकृत संगठित संस्थाहरुलाई शेयरधनीको बैंक खातामा नगद लाभांश भुक्तानी गर्दा सबै विवरण स्पष्ट हुने गरी पठाउने व्यवस्था गर्न निर्देशन दिएको छ। बोर्डले सोमबार एक सुचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।
बोर्डले आफ्नो शेयर रजिष्टार मार्फत शेयरधनीको बैंक खातामा नगद लाभांश भुक्तानी गर्दा स्पष्ट रुपमा कम्पनीको नाम, आर्थिक वर्ष, दर आदि खुल्ने गरी नेपाल क्लियरिङ्ग हाउस लि.ले तोकेको ढाँचाअनुसार पठाउने व्यवस्था गर्न निर्देशन दिएको हो ।