Logo

बाबुरामले भने–सबैखाले षडयन्त्रको डटेर सामना गरिनेछ



काठमाडौं, १० कार्तिक । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफू कहिल्यै असत्य र अन्यायसामु नझुक्ने बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले आफ्नो जीवन सत्य र न्यायको निम्ति समर्पण गरेकोले कहिल्यै असत्यसामू नझुक्ने बताएका हुन् ।

उनले लेखेका छन्–‘बालुवाटार जग्गा प्रकरणमा विचाराधीन मुद्दा आफ्नो विपक्षमा नजाओस् भन्नेमा सतर्क’ भनेर वर्तमान न्यायालयसम्बन्धी विवादमा मिडियाले मेरो नाम मुछ्नु आपत्तिजनक छ।आफ्नो जीवन सत्य र न्यायकोनिम्ति समर्पण गरेको @brb1954  कहिल्यै असत्य र अन्यायसामु झुक्दैन।सबैखाले षडयन्त्रको डटेर सामना गरिनेछ।’



प्रतिक्रिया दिनुहोस्