Logo

ओलीले मलाई कार्यवाहक अध्यक्ष बनाउने समति भएको भन्ने कुरा झुठो हो : भीम रावल



काठमाडौं, ११ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले आफूलाई अध्यक्ष केपी शर्मा ओलीले कार्यवाहक अध्यक्ष बनाउने सहमति भएको भन्ने कुरा झुठो भएको बताएका छन् । अनलाईनखबरमा प्रकाशित समाचार सामाग्रीबारे खण्डन गर्दै रावलले यस्तो बताएका हुन् ।

उनले ट्विट गर्दै भनेका छन्–‘आजअनलाइन खवरमा छापिएको मैले गृहमन्त्री पाउने भएपछि मात्र शपथ लिएको र हालैको पार्टी विवादमा अदालतको रिटमा साथीहरूको सही फिर्ता गराउने र अध्यक्ष ओलीले मलाई का।वा। अध्यक्ष बनाउने सहमति भएको भन्ने कुरा झुठो हो।यस्तो कुप्रचारमा आधरित कुरा लेख्नु अघि मसंग सोधिएको भए यथार्थ भनिदिन्थें ।’



प्रतिक्रिया दिनुहोस्