Logo

मध्य भोटेकोशीको आईपिओ बाँडफाँटः ८ लाख १९ हजारलाई १० कित्ता, १५ लाख आवेदकको हात खाली



काठमाडौं, कार्तिक १२। मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा आज बिहान भएको बाँडफाँट अनुसार ८ लाख १९ हजार आवेदकले १० कित्ताका दरले शेयर कित्ता पाएका छन्।
कम्पनीले असोज २० गते देखि २५ गतेसम्म सर्वसाधारणका लागि ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशन गरेको थियो। जसमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी ८१ लाख ९० हजार कित्ता शेयर सर्वसाधारणमा बाँडफाँट गरिएको हो।
कम्पनीको आईपीओमा २३ लाख ९० हजार २१८ लगानीकर्ताले ३ अर्ब ४१ करोड ८३ लाख २९ हजार रुपैयाँ बराबरको शेयर खरिदका लागि आवेदन दिएका थिए। ९५ हजार ७२२ आवेदन भने रद्द भएको ग्लोबल आईएमई क्यापिटलले जनाएको छ। करिब १५ लाख आवेदक भने खाली हात भएका छन्।



प्रतिक्रिया दिनुहोस्