Logo

प्रधानन्यायाधीशविरुद्ध बारको चरणवद्ध आन्दोलन सुरू



काठमाडौं, कार्तिक १४ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध चरणवद्ध आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसन नेपालले आजदेखि विरोधका कार्यक्रम सुरु गरेको छ ।

आजबाट अधिवक्ताहरुले हातमा कालोपट्टी बाँधेर दैनिक एक घण्टा धर्ना दिन सुरू गरेका हुन् । बारका महासचिव लीलामणि पौडेलका अनुसार तिहार बिदासम्म पनि राजीनामा नआए थप आन्दोलनका कार्यक्रम घोषणा हुनेछन् ।

आगामी मंगलबारसम्म प्रत्येक दिन बिहान १० बजेदेखि ११ बजेसम्म सर्वोच्च अदालतमा कालोपट्टी बाँधी विरोध कार्यक्रम गर्ने निर्णय बारले गरेको छ ।



प्रतिक्रिया दिनुहोस्