Logo

नेप्सेद्धारा नेपाल बंगलादेश बैंकको शेयर मुल्य समायोजन



काठमाडौं, १५ कात्तिक । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल बंगलादेश बैंक लिमिटेडको बोनश शेयर पछिको मूल्य समायोजन गरेको छ । बैंकको अन्तिम कारोबारको शेयरमूल्य ४२५ रुपैयाँ ८० पैसाको आधारमा नयाँ शेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेको अनुसार १२ प्रतिशत बोनश शेयर पछिको मुल्य समायोजन गरी ३८० रुपैयाँ १८ पैसा कायम गरेको हो ।
उक्त प्रस्ताव पारित गर्न कम्पनीको मंसिर २ गते २७औं वार्षिक साधारण सभा हुने भएको छ ।



प्रतिक्रिया दिनुहोस्