काठमाडौं, १५ कार्तिक । प्रदेश नम्बर १ मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने भएका छन् । प्रदेश सभा बैठकमा आज सम्बोधन गरेलगत्तै उनले राजीनामा दिने तयारी गरेको उनको सचिवालयले जनाएको छ । आचार्य गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका थिए । प्रदेश नम्बर १ को सभामा ९२ जना सांसद छन् ।
एमालेसँग अहिले सभामुखसहित ४१ जनामात्रै सांसद छन् । आचार्यले बहुमत सिद्ध गर्नको लागि ४७ जनाको समर्थन आवश्यक पर्छ । उता, विपक्षी गठबन्धनमा ५० जना सांसद छन् ।
विपक्षी गठबन्धनले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का प्रदेश नम्बर १ का संसदीय दलका नेता राजेन्द्र कुमार राईलाई मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ ।