काठमाडौं, १६ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज पनि बन्दी प्रत्यक्षीकरणको मुद्दामा मात्रै सुनुवाई गर्नेगरि इजलास तोकेका छन् । न्यायाधीशहरुको मागबमोजिम प्रधानन्यायाधीश जबराले बन्दी प्रत्यक्षीकरणको मात्रै मुद्दा सुनुवाई गर्नेगरि हिजोबाट इजलास राखेका छन् ।
आज तोकिएका ६ वटा इजलासमा बन्दी प्रत्यक्षीकरणको मात्रै मुद्दामा मात्र सुनुवाइ हुनेछ। पछिल्लो समय प्रधानन्यायाधीश जबराको राजीनामा मागेर नेपाल बार एशोसिएशनले आन्दोलन गरेको छ । प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन जारी रहने बारको चेतावनी छ । file photo