Logo

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै मंगलबार पनि बारको आन्दोलन जारी



काठमाडौं, २३ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले तिहारपछिको दोस्रोे दिन आज (मंगलबार) पनि आन्दोलन जारी राखेको छ । जबराले न्यायिक क्षेत्रको गरिमा राख्न नसकेको, कार्यपालिकामा भाग खोजेको, भ्रष्टाचार रोक्न नसकेकको जस्ता आरोप लगाउदै सर्वोच्च अदातलका १९ जना न्यायाधीशसहित बार एसोसियशन करीब २ हप्तादेखि आन्दोलनमा उत्रिएको हो ।

कालोपट्टी बाँधेर विरोधमा उत्रिएका बार पदाधिकारीहरुले दिनहुँ राजीनामा माग गर्दै धर्ना दिँदै आएका छन् । करीब दुई साता लामो न्यायालयमा भएको विवाद अन्त्यको लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज सबै न्यायाधीशहरुको लागि मुद्दाको लागि पेशी तोकेर इजलास सुरु गरेका छन् ।

बन्दी प्रत्यक्षीकरणको रिटमात्र सुनुवाई गर्दै आएका जबराले मंगलबार आफ्नो इजलासमा ७ वटा सुनुवाई तय गरेका छन् भने १० वटा इजलास गठन गर्दै २९८ मुद्दा सुनुवाईका लागि पेसी तोकेका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्