काठमाडौं, २३ कार्तिक । सत्तारूढ नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक जारी छ । पार्टी मुख्यालय पेरिसडाँडामा जारी बैठकमा पछिल्लो राजनीतिक विषयमा छलफल भैरहेको एक नेताले जानकारी दिए । उनकाअनुसार आजको बैठक पार्टीको आगामी राष्ट्रिय सम्मेलनको तयारीको सम्बन्धमा केन्द्रित हुनेछ ।
आजको बैठकमा अदालतभित्रको विवादको बारेमा पनि समिक्षा गरिने ती नेताको भनाई छ । त्यस्तै, हिजोमात्रै सत्तापक्षीय गठबन्धनले सरकारलाई सहयोग गर्ने भन्दै उच्चस्तरीय समन्वय समिति गठन गरेको छ । त्यसमा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ रहेका छन् । यो विषयमा पनि चर्चा हुने बताईएको छ । file photo