Logo

नक्कली लालपुर्जा बनाएर ठगी गर्ने २ कर्मचारीको जग्गा राखेर गायक अमात्यको जग्गा सुरक्षित



काठमाडौं, २४ कात्तिक । गायक योगेश्वर अमात्यको नामको बारामा रहेको १२ बिगाहा जग्गा किर्ते कागजात बनाएर १९ करोड ठगी गरेका छन् । कुमारी बैंक पर्सा शाखाका जुनियर असिस्टेन्ट सहितको मिलेमतोमा गायक अमात्यको जग्गामा किर्ते कागज बनाएर ठगी धन्दामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बैंकका पर्सा शाखाका जुनियर असिस्टेन्ट सोनु ठाकुर, जग्गाका मुल्यांकनकर्ता राजेश्वर चौरसीया, मुक्तिनाथ गौतम र एसकुमार महर्जन रहेका छन् । गौतम र महर्जनले बिरुवा भुमि वनकाली कम्पनीका नाममा नक्कली कागजात बनाएर कुमारी बैंकबाट १९ करोड निकालेको प्रहरीले जनाएको छ ।

आफ्नै जग्गामा आफुलाई केही जानकारी नदिई ठगी धन्दा थाहा पाएपछि गायक अमात्यले एक महिनाअगाडी प्रहरीलाई उजुरीदिएका थिए ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अमात्यको बारामा रहेको १२ बिगाहा जग्गा सुरक्षित रहेको भर्खरै जानकारी दिएको छ । नक्कली कागजात राखेर पैसा निकाल्ने कुमारी बैंकका दुई कर्मचारी मुक्तिनाथ गौतम र एसकुमार महर्जनको जग्गाजमिन राखेर अमात्यको जग्गा सुरक्षित बनाइएको बताइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्