Logo

पेट्रोल, डिजेल र मट्टीतेल प्रतिलिटर ३ रुपैयाँले वृद्धि



काठमाडौं, २४ कात्तिक । इन्धनको मूल्य निरन्तर उकालो लागेको छ । नेपाल आयल निगमले बुधबार मध्यरातिबाट लागू हुने गरी इन्धनको मूल्य बढाएको हो ।

नयाँ मूल्य अनुसार पेट्रोल, डिजेल र मट्टीतेल प्रतिलिटर ३ रुपैयाँका दरले बढेको छ । पेट्रोलको मूल्य प्रतिलिटर १३६ पुगेको छ । मट्टीतेल र डिजेलको मूल्य ११९ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिका कारण निगमले मूल्यवृद्धि गर्नुपरेको जनाएको छ । मूल्यवृद्धि गरेपनि निगमलाई पेट्रोलमा १७, डिजेलमा १२ र मट्टीतेलमा १० रुपैयाँ प्रतिलिटरका दरले घाटा रहेको निगमले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्