Logo

दंगा नियन्त्रणका उपकरणसहित सर्वोच्च वरपर व्यापक प्रहरी परिचालन



काठमाडौं, कार्तिक २६ । नेपाल बार एशोसिएशनले शुक्रबार प्रधानन्यायाधीश राणालाई सर्वोच्च अदालतभित्र प्रवेश नै गर्न नदिने तयारी गरेपछि अदालत वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

विहिबार सर्वोच्च परिसरमा प्रहरी र आन्दोलनकारी वकिलहरुबीच झडप भएपछि आज गृह प्रशासनले सर्वोच्च अदालत भित्र र बाहिर व्यापक मात्रा सुरक्षाकर्मी परिचालन गरेको छ । प्रहरी दंगा नियन्त्रणका उपकरणसहित सडकमा खटिएको छ ।

सर्वोच्च अदालतका कुनै पनि वेञ्चमा बहस नगर्ने भन्दै बारले न्यायाधीशहरुलाई पनि प्रधान न्यायाधीश राणाले तोक्ने इजलासमा नबस्न भनेको छ। प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै बारले यसै सातादेखि दैनिक दुई घण्टा कालोपट्टी बाँधेर उपत्यकाकाका अदालतहरुमा धर्ना दिँदै आएको छ। न्यायाधीशहरुले कात्तिक २८ गतेदेखि इजलास बहिस्कार गर्दै आएका छन्।



प्रतिक्रिया दिनुहोस्