काठमाडौं, २६ कात्तिक । आज माछापुच्छ्रे बैंक लिमिटेडको २३औं वार्षिक साधारण सभा हुँदैछ । कोरोनाको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट बैंकको सभा कम्पनीले होटल पोखरा ग्राण्ड पार्दी, कास्की, पोखरामा बिहान ११ बजे बस्ने भएको हो ।
बैंकको सभामा चुक्ता पुँजीको १३ दशमलव ३० प्रतिशत बोनश शेयर कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने बताइएको छ ।
यसको साथै सभाको गत आर्थिक वर्षको वित्तीय विवरण छलफल तथा पारित गर्ने, गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका विषयहरुमाथि छलफल गरी पारित गर्ने एजेण्डा रहेको छ ।