Logo

माओवादी केन्द्रद्धारा राष्ट्रिय सम्मेलनमा आउने प्रतिनिधीको संख्यामा बृद्धि



काठमाडौं, २६ कात्तिक । सत्तारुढ दल माओवादी केन्द्रले पुसमा राष्ट्रिय सम्मेलन गर्ने भएको छ । राष्ट्रिय सम्मेलनमा प्रदेशहरुबाट आउने प्रतिनिधिको संख्यामा २ सयले बृद्धि गर्ने भएको हो ।

यसअघि ६ सय प्रदेश प्रतिनिधिहरु प्रदेशबाट आउने बताइएको थियो । सो को संशोधन गरी माओवादीको स्थायी कमिटीको बैठकले ८ सय कायम गरेको हो ।

कम्तीमा ८ सय प्रतिनिधिहरु प्रदेशबाट आउने नीतिगत निर्णय गरेको केन्द्रले जनाएको छ । केन्द्रले सदस्य संख्याको अनुपातमा प्रदेशहरुबाट प्रतिनिधि थप्ने भएको छ । ३१ लाख पार्टी सदस्य बनाउने संगठनात्मक योजना केन्द्रले सार्वजनिक गरेको छ ।



प्रतिक्रिया दिनुहोस्