काठमाडौं, २६ कात्तिक । आइतबारदेखि नेपाल सरकारले कोरोनाविरुद्धको फाइजर खोपको २४ वटा अस्पतालबाट अभियान संचालन गर्ने भएको छ । स्वास्थ्य सेवा विभागले शुक्रबार पत्रकार सम्मलन गरेर कात्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म फाइजर–बायोएनटेक खोप अभियान सञ्चालन गर्ने बारेमा जानकारी दिएको हो ।
खोपको पहिलोमात्रा कात्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म देशभरका २४ अस्पतालबाट दिने भएको छ । यदी तोकिएको मितिमा खोप नसकिएमा मंसिर ५ देखि ७ गतेसम्म खोप लगाउन बाँकी रहेका दिर्घरोगीलाई र १२ देखि १७ वर्ष उमेरसमुहका व्यक्तिहरुलाई लगाउने भएको छ । त्यस्तै, खोपको दोस्रो मात्रा पहिलो मात्रा लगाएको २१ दिनपछि मंसिर २७ गतेदेखि पुस २ गतेसम्म दिइने स्वास्थ्य विभागले जनाएको छ ।
सरकारले सञ्चालन गर्न लागेको कोरोनाविरुद्धको फाइजर–बायोएनटेक खोप अभियान वीर अस्पताल, श्री वीरेन्द्र सैनिक अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, पाटन अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र, मेची प्रादेशिक अस्पताल, बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोसी प्रादेशिक अस्पतालमा संचालन हुनेछ ।
त्यस्तै, गजेन्द्रनारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी प्रादेशिक अस्पताल, जनकपुर प्रादेशीक अस्पताल, बि.पी. कोइराला स्मृति क्यान्सर अस्पताल, धुलिखेल अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, धौलागिरी अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, कर्णाली प्रादेशिक अस्पताल, सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पताल गरेर २४ वटा अस्पतालमा पनि यो अभियान