काठमाडौं, २८ कात्तिक । नेपाल स्टक एक्सचेञ्जको प्रमुख कार्यकारी अधिकृत (सिईओ)का लागि ११ जनाले आवेदन दिएका छन् । नेप्सेमा आवेदन दिने आज अन्तिम दिनसम्म ११ जनाको आवेदन परेको अर्थमन्त्रालयले जनाएको छ ।
सिईओका लागि नेप्सेकै प्रविण पन्दाक, रमेश कुमार भट्टराई, रमेश घिमिरे, छविराज पन्त, गोविन्द दाहाल, केशवप्रसाद श्रेष्ठ, बद्रीप्रसाद प्याकुरेल, जीवन अमगाई, कृष्णबहादुर कार्की, दिपक गौतम र नेप्सेकै निमित्त सिईयो निरञ्जन फुयालले आवेदन दिएका छन् ।