काठमाडौं, २९ कात्तिक । सोमबार नेपाल बार एसोसिएसनका पदाधिकारीहरु र प्रहरीबीच सर्वोच्च अदालतको परिसरमा झडप भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आजपनि धर्नामा उत्रिएका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच झडप भएको हो ।
आन्दोलित कानुन व्यवसायीहरुलाई अदालतमा प्रवेश गर्न नदिन प्रहरीले प्रयास गरेपछि ठेलमठेल हुँदा धकेलाधकेल भएको हो । सर्वोच्चको गेटबाट आज पनि चार जना पक्राउ परेका छन् । File Photo