काठमाडौं, ३० कात्तिक । हिमालयन बैंक लिमिटेडले भक्तपुर उपमहानगरपालिका, भिमसेनस्थान ७ स्थित सिद्धि स्मृति प्रतिष्ठान सिद्धि स्मृति महिला तथा बाल अस्पताल एवं वृद्धाश्रमलाई किताब सहयोग गरेको छ । बैंकले उक्त आश्रमलाई १२ हजार थान बहिरंग दर्ता किताब सहयोग प्रदान गरेको छ ।
बैंकका तर्फबाट बैंकका सहायक महाप्रबन्धक विपिन हाडाले उक्त सहयोग सामग्रीहरु प्रतिष्ठानका प्रशासन प्रमुख अनिल राजभण्डारीलाई एक समारोहका बीच हस्तान्तरण गरेका हुन् ।
२०५९ मा स्थापित उक्त अस्पताल भक्तपुर क्षेत्रकै एक प्रतिष्ठित अस्पताल हो । अस्पतालले विशेषतः बाल स्वास्थ्य, प्रसूति तथा स्त्रीरोग सम्बन्धि सेवा प्रदान गर्दै आएको जनाएको छ ।
विभिन्न स्वदेशी तथा विदेशी दाताहरुको सहयोगमा संचालित यस प्रतिष्ठानले अस्पतालका साथै बृद्धाश्रम समेत संचालन गरिरहेको छ ।