काठमाडौं, ३० कात्तिक । मंगलबार पनि सर्वोच्च अदालतका न्यायाधीश र नेपाल बार एसोसिएशनका पदाधिकारीहरु छलफलमा जुटेका छन् । आजको छलफलमा ५ जना न्यायाधीशहरु भने उपस्थित भएका छैनन् ।
उनीहरु यसअघि बारको पक्षमा देखिएका थिए र हिजो प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संवादको लागि आह्वान गरेपछि न्यायाधीशहरुको मत बाझिएको छ । जबराले गरेको वार्ताको लागि आह्वानपछि आज न्यायाधीशहरुले आफ्नो धारणा राख्ने भएका छन् ।
बार करीब ४ सातादेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलमा छ । त्यस्तै न्यायाधीशहरुले पनि अघोसित रुपमा इजलास वहिस्कार गर्दै आएका छन् । सोमबार पनि सर्वोच्चका न्यायाधीश र बारबीच पनि छलफल भएको थियो ।