काठमाडौं, ३० कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा न्यायालय सुचारु गर्न माग राख्दै आएका सामाजिक अभियन्ताहरु आज पक्राउ परेका छन् । भद्रकाली मन्दिर नजिकै पिपलबोटमा आमरण अनसन बस्न लागेको अवस्थामा अभियन्ता तारा बरालसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरु केही दिनअगाडी पनि बार विरुद्धको आन्दोलन उत्रिदा प्रहरीले नियन्त्रणमा लिएको थियो । बराल समुहले न्यायाधीश इजलासमा फर्किनुपर्ने, सेवाग्राहीले सेवा पाउनुपर्ने माग राख्दै सर्वोच्च परिसर र बारको परिसरमा धर्ना दिँदै आएका छन् ।