Logo

अमेरिकी सहायक विदेशमन्त्री काठमाडौंमा, आज उच्चस्तरीय भेटवार्ता गर्दै



काठमाडौँ, २ मङ्सिर: अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी विदेश सहायकमन्त्री डोनाल्ड लू बुधबार साँझ काठमाडौं आइपुगेका छन् । विश्व मामिला, एमसिसीसहित नेपाल-अमेरिका सम्बन्धका विषयमा छलफलका लागि सहायकमन्त्री लू काठमाडौं आइपुगेका हुन्।

उनीहरूले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायत उच्च अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५ वर्षको पूर्वसन्ध्यामा राष्ट्रपति जो बाइडेनका उच्चतम प्राथमिकताहरूका सन्दर्भमा भ्रमण हुन लागेको अमेरिकी दूतावासले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्