काठमाडौं, २ मंसिर । सर्वोच्च अदालतका न्यायाधीशद्धय बमकुमार श्रेष्ठ र कुमार चुडालले भने सातवटा मुद्दाको सुनुवाइ गरी अन्तिम आदेश जारी गरेका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज तोकेको इजालास नम्बर सातमा न्यायाधीशद्वय श्रेष्ठ र चुडाालले सातवटा मुद्दाको सुनुवाइ गरी अन्तिम आदेश जारी गरेका छन् ।
सर्वोच्च अदालतका अनुसार तामेलीमा राख्न पेसी चढेका सातवटा रिट निवेदनलाई न्यायाधीशद्वयले तामेलीमा राख्ने आदेश दिएर बेञ्चबाट उठेका छन् । उनीहरू बुधबारबाट इजलास फर्किएका हुन् । मुद्दामा आदेश जारी गरेका उनीहरूले प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बैठकमा सहभागी हुने भन्दै पेसीमा रहेका अन्य मुद्दा हेर्न नभ्याउने भनेका छन् । file photo