काठमाडौं, २ मंसिर । सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पुर्णमान शाक्यले न्यायालयमा भएको फोहोर फाल्नको लागि निरन्तर रुपमा सर्वोच्च अदालतको परिसरमा शान्तिपुर्ण आदोलन गर्दै आएको बताए ।
बारले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानन्यायाधीशलाई भेटेर कतिपय कुरामा सच्चिन सल्लाह दिएको भन्दै जबरा नसच्चिएको आरोप लगाए । न्यायाधीशहरु सबै बृद्धिजिवी व्यक्तिहरु भएको उनको भनाई थियो । न्यायालयको शद्धिकरण गर्नु नै बारको आन्दोलनको उद्देश्य रहेको समेत जिकिर गरे ।
न्याय क्षेत्रमा विसंगति र विकृति हटाउनलाई आन्दोलन गर्न परेको भन्दै उनले जबराले राजीनामा नदिएसम्म बारको आन्दोलन नरोकिने स्पष्ट पारे । शाक्यले न्यायापालिकालाई बन्दी बनाएर बस्नु भन्दा प्रधानन्यायाधीले चाँडो भन्दा चाँडो न्यायलय छाड्न समेत सुझाव दिए ।
उनले बारको आन्दोलन न्यायाको धरोहर सबै सम्पत्तिलाई सुरक्षाको लागि भएको बताए । उनले आन्दोलन प्रधानन्यायाधीशको वहिर्गमनमा केन्द्रीत रहेको बताए । उनले बारले उठाएको विषय र आन्दोलनलाई सर्वोच्च अदालत बार एसोसिएशनले सर्मथन गर्ने पनि स्पष्ट पारे ।