काठमाडौं, ७ मंसिर । नेकपा एमालेको स्थायी कमिटिको बैठक केही बेरका लागि स्थगित भएको छ । ५ प्रतिशत महाधिवेशन प्रतिनिधि छनौट गर्न बसेको बैठक डेढ घन्टाको लागि स्थगित भएको हो । बैठक पुनः ३ः३० बजे बस्ने भएको हो ।
बैठकको क्रममा अध्यक्ष केपी शर्मा ओलीको काम परेको हुनाले बैठक स्थगित भएको जनाईएको छ । आज नै ओलीले महाधिवेशनका सन्दर्भमा सम्पादकहरुसँग छलफल गर्दैछन् ।