Logo

एमाले महाधिवेशनः २२ सय सुरक्षाकर्मी परिचालन, दुई एआईजीको काँधमा कमान्ड



काठमाडौं, मङ्सिर १०। नेकपा (एमाले)को दशौँ महाधिवेशन सुरक्षाका लागि २२ सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।

महाधिवेशनको सुरक्षा कमाण्ड सम्हाल्न नपाल प्रहरीका अतिरिक्त महारीक्षक (एआईजी) सहकुल थापा र सशस्त्र प्रहरीका एआईजी पुष्पराम केसी चितवनमा खटिएका छन् ।

जिल्लाको सुरक्षा संख्याले नपुगेपछि नवलपरासी, तालिम केन्द्र, बुटवल दंगा लगायत वरपरका छिमेकी जिल्लाबाट समेत प्रहरी झिकाएको छ ।

महाधिवेशन केन्द्रित ट्राफिक म्यानेजमेन्ट गर्न १४ वटा पार्किङ स्थलको व्यवस्था गरिएको छ । महाधिवेशनमा सहभागी हुन आउने विशिष्ठ पाहुनाको पनि स्कर्टिङको व्यवस्था गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्