काठमाडौं, १९ मंसिर । नेपाली कांग्रेस नेता तथा बाग्मती प्रदेशका उम्मेदार भीमसेन दास प्रधानले सहमतिको सन्देश दिन प्रतिस्पर्धामा रहेका इन्द्र बानियाँ र जगदिश नरसिंह केसीलाई एकता र सहमति गर्न सुझाव दिएका छन् ।
संघीय संरचना अनुरुप नेपाली कांग्रेसको १४औं महाधिवेशनको पहिलो प्रदेश अधिवेशनमा बाग्मती प्रदेशबाट पराजित भएका प्रधानले प्रतिस्पर्धामा रहेका बानियाँ र केसीलाई एकता र सहमतिको लागि आग्रह गरेका हुन् ।
उनले नजिकिदो स्थानिय निकायको निर्वाचनलाई मध्य नजर राखी सहमतिको आधारमा सन्देश दिन निर्वाचनको प्रतिस्पर्धामा रहेर एकता र सहमतिको लागि आइतबार एक विज्ञप्ती जारी गर्दै आग्रह गरेका हुन् ।
त्रीपक्षीय प्रतिस्पर्धामा कुनैपनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको मतदानबाट टुंगो लाग्ने भएको छ । पहिलो चरणमा इन्द्र बानियाँले ९९२, जगदीश्वरनरसिंह केसीले ८७२ र भीमसेनदास प्रधानले १९७ मत ल्याए । अब बानियाँ र केसीबीच निर्णायक प्रतिस्पर्धा हुन्छ ।
प्रधानलाई मनाउन दुवै पक्ष लागेको छ । बानियाँ सभापति शेरबहादुर देउवा पक्षका हुन् । केसीलाई संस्थापन पक्षका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री प्रकाशमान सिंहको साथ छ । प्रधान पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका हुन् ।
File Photo